+
+

गुरुङ संस्कृति देखाउन सिक्लेसमा संग्रहालय

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते २०:२९
चिली क्होंइबो धीं परिसरमा राखिएको तत्कालीन घले राजाको समयमा प्रयोग गरिएको ओखल र ढिकी ।

२१ पुस, पोखरा । गुरुङ समुदायको आफ्नै शास्त्र, संस्कार र संस्कृति छ । तर, तीमध्ये अधिकांश मौखिक छन्, लिखित दस्तावेजमा छैनन् । आफ्ना संस्कार संस्कृतिलाई लिपिबद्ध गर्न नसक्दा पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न नसकेको गुरुङ अगुवा स्वीकार्छन् ।

कास्कीको उत्तरपूर्वी क्षेत्रमा रहेको गुरुङ गाउँ अहिले आफ्नौ तिनै मौलिक तथा पौराणिक प्ये ल्हुँलाई दस्तावेजीकरण गर्न अग्रसर भएको छ । यसका लागि सिक्लेसकै चिली क्होंइँबोले करिब १७ रोपनी क्षेत्रफलमा ठूलो संरचना बनाएको छ, जसमा गुरुङ समुदायको इतिहास झल्कने मौलिक तथा परम्परागत वस्तुको संग्रहालयदेखि पुस्तकालयसम्म उपलब्ध छन् ।

चिली क्होंइबो धींको निर्माण तमु प्ये ल्हुँ अन्तर्गतको चिली क्होंइबो इकाई समितिले बनाएको हो । २०७३ सालमा विधिवत् स्थापना भएको संस्थाले उक्त संरचना बनाउन करिब २ करोड ८५ लाख रुपैयाँ खर्चेको भवन निर्माण समितिका संयोजक बलबहादुर तमुले जानकारी दिए ।

‘यहाँको संग्रहालयमा पुस्तकालयदेखि गुरुङ समुदायबाट ख्यातिप्राप्त डा. हर्क गुरुङ, डा चन्द्रप्रसाद तमु र गाउँका पहिलो शिक्षक हवल्दार शिवलाल तमु र जमदार चन्द्रबहादुर तमुको शालिकसमेत राखिएको छ,’ उनले भने, ‘यसले सिक्लेसलाई चिनाउन ठूलो सहयोग पु¥याउने विश्वास लिएका छौं ।’

धीं क्षेत्रमा ऐतिहासिक घले राजाको समयमा प्रयोग गरिएको ढिंकीदेखि, धन्सार, धुपबत्ती बाल्ने घर, गुरुङ समुदायमा प्रचलित मौलिक स्युर धीं अर्थात् घुम्ने घरसमेतको स्थापना गरिएको छ । धींमा एकैचोटि १२ सय जना अटाउन मिल्ने गरी सभाहल पनि बनाइएको छ । धीं नजिकै हेलिप्याडसमेत बनाइएको छ ।

‘तमुहरुको आफ्नै पौराणिक संस्कार, संस्कृति, चाडपर्व, भेषभुषा छन् । तर, ती कतिपय संकलित छन्, कुनै छैनन्, कुनै लोप भइसके,’ संस्थाका सचिव गेहेन्द्र गुरुङले भने, ‘मौखिक प्येलाई संकलन तथा अनुन्धान गर्न र शिक्षालयको रुपमा विकास गर्न धीं बनाइएको हो ।’

विशाल क्षेत्रफलमा फैलिएको उक्त संरचना बनाउन संस्थाले निर्माण सामग्रीबाहेक सबै वस्तुहरु स्थानीय नै प्रयोग गरेको निर्माण संयोजक बलबहादुर तमुले जानकारी दिए । उक्त भवनमा ४८ जनासम्म एकै रातमा सुत्न मिल्ने गरी सुविधासम्पन्न शयन कक्ष पनि बनाइएको छ । उक्त कक्षमा बाहिरी ठाउँबाट समूहमा जाने भ्रमण टोलीले प्रयोग गर्न पाउने संस्थाले जनाएको छ ।

चिली क्होंइबो धींको उद्घाटन जेठ २८ गते हुनेछ । कार्यक्रममा सभाहलसहितका संरचना बनाउन सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिने आयोजकले जनाएको छ । २८ र २९ गते गाउँमा जाने पाहुनालाई निशुल्क खाने, बस्ने व्यवस्था गरिएको अध्यक्ष इच्छाबहादुर गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?