+
+

ललिता निवासबारे सीआईबीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १८:१२

२२ पुस, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सरकारी लिखत कीर्ते सम्बन्धी कसूरको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सकेको छ ।

अनुसन्धान सकेर सीआईबीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको ब्यूरोका एक अधिकृतले बताए ।

प्रकरणमा ब्यूरोले ३ सय बढीलाई प्रतिवादी बनाउँदै चार वटा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको जनाइएको छ ।

ब्यूरोका अनुसार २०४९ सालदेखि २०७० सालसम्म चारपटक कागजात कीर्ते गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको निष्कर्षका साथ चार वटा अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।

घटनामा प्रहरीले हालसम्म रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई मात्रै पक्राउ गरेको छ । अन्य सबैलाई फरार प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर हुनेछ ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए । उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

‘दर्ता गरेर अध्ययनका लागि हामीले मान्छेहरु डिपोर्ट गर्छौ । सरकारी वकिल तोक्छौँ । त्यसपछि सरकारी वकिलहरुले अध्ययन गर्नुहुन्छ । अध्ययन गरेपछि अनुसन्धान पूरा भएको अवस्था भयो भने चाहिँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ । चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जान्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?