+

चिसोको बहानामा मदिरा सेवन नगर्नुस्, नसा च्यापिने समस्या हुनसक्छ

२०७८ पुष  २२ गते १४:५३ २०७८ पुष २२ गते १४:५३
चिसोको बहानामा मदिरा सेवन नगर्नुस्, नसा च्यापिने समस्या हुनसक्छ

२२ पुस, काठमाडौं । मानिसको शरीरमा हुने मेरुदण्डमा अनेकौं हड्डी हुन्छन् । प्रत्येक हड्डीको बीचमा एउटा कालो डिस्क हुन्छ । एक प्रकारको तरल पदार्थ डिस्क नौनी घ्यु जस्तै हुन्छ । दुर्घटनाका कारण हात खुट्टा भाँचिएमा वा हड्डी सर्ने समस्या भएमा दुईवटा हड्डीको बीचबाट उक्त डिस्क बाहिर निस्केर नसालाई च्याप्ने गर्छ । जसलाई सामान्य भाषामा नसा च्यापिएको अर्थात् ‘इनभर्टिब्रटल डिस्क प्रोल्याब्स’ भन्ने गरिन्छ ।

नसा च्यापिँदा शरीरमा सही नसक्नु पीडा हुन्छ भने बिस्तारै यसको असर खुट्टा र पिँडुलातिर सर्दै जान्छ । दुर्घटनाले मात्रै नभएर जाडो मौसममा अभ्यास नहुँदा पनि नसा च्यापिने समस्या बढी देखिने गर्छ ।

चिसो मौसममा अनेक किसिमका स्वास्थ्य समस्या देखिन्छन् । चिसो मौसममा पर्याप्त पानी पिउने गरिँदैन । जसले डिहाइड्रेसनको समस्या देखिन्छ । त्यस्तै, अभ्यासको अभावले नसासम्बन्धी समस्या र अरु मांसपेशीको समस्या हुन्छ भने पाचन प्रणालीमा पनि समस्या हुन सक्छ । त्यसमध्ये नसासम्बन्धी समस्या हुन नदिन आफ्नो नियमित जीवनशैलीलाई ख्याल गर्न चिकित्सकहरु सुझाव दिन्छन् ।

नियमित अभ्यास नहुँदा शरीरका इन्द्रियहरु सक्रिय हुँदैनन् । शहरी भेगका मानिसको फुर्सद हुने बिहान र बेलुकाको समयमा अभ्यासको लागि निस्कँदा प्रदूषणको जोखिम पनि बढी हुन्छ । त्यसैले चिसोमा हिँडडुलभन्दा पनि बसाइ बढी हुने हुँदा आवश्यक गतिविधि हुँदैन । अरु इन्द्रियजस्तै चिसो मौसममा मुटुकै गतिविधि पनि सुस्त भइरहेको हुन्छ । चिसोकै कारणले छातीको इन्फेक्सन पनि बढिरहेको हुन्छ । यस्तो अवस्थामा नसासम्बन्धी समस्याबाट मुक्ति पाउन के गर्ने त ?

वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जन एवं न्यूरोलोजी डिपार्टमेन्टका प्रमुख डा. राजीव झा चिसोमा शारीरिक अभ्यासको कमीका कारण नसासम्बन्धी समस्या बढी देखिने गरेको बताउँछन् ।

डा. झा भन्छन्, ‘जाडोमा हाम्रो शरीरका मांसपेशीहरु कक्रक्क पर्ने गर्छन्, कक्रक्क पर्नु भनेको मांसपेशीहरु कडा हुनु हो । त्यसपछि मांसपेशीले नसा च्यापिन्छ ।’ जाडो महिनामा नुहाउँदा जिउ सिरिंग हुन्छ । यसले गर्दा घाँटी कडा भएर आउँछ । चिसोमा घाँटी कडा वा बांगो भयो भनेर अस्पताल आउनेहरु पनि धेरै हुन्छन् । यसले शरीरमा दुखाइ महसुस हुन्छ । तर यो एक हप्ता जतिमा सामान्य अवस्थामा फर्किने समस्या हो ।

घाँटीको नसा च्यापिने लगायतका समस्या कसैलाई भयो भने त्यस्तो समस्या बारम्बार दोहोरिरहन्छ । यसलाई फिजियोथेरापीबाटै निको बनाउन सकिन्छ । तर कतिपय अवस्थामा चिसोको मौसममा देखिने नसासम्बन्धी कतिपय समस्याहरु दीर्घकालीन जोखिम बोक्ने खालका पनि देखिन्छन् ।

समस्या समाधान कसरी गर्ने ?

डा. झा केही विधि बताउँछन्, जसले चिसो मौसममा अभ्यास कम हुँदा पनि नसासम्बन्धी समस्या तुलनात्मक रुपमा कम गर्न सकिन्छ ।

खानाहरु एकदमै पोसिलो र सजिलै पचाउन सकिने खालको खानुपर्छ । कतिपयले चिसोको बहाना बनाएर चुरोट र मदिरा सेवन गर्ने गर्छन् । यसले तत्कालीन अवस्थामा शरीरलाई केही तातो महसुस गराएपनि यसले नसा लगायत शरीरको अंगमा भने चिसोमा झनै समस्या निम्त्याउने गर्छ ।

दोस्रो कुरा बाहिर अभ्यास गर्न नगएपनि घरमै कसरी हुन्छ शरीरलाई चलायमान बनाइराख्नुपर्छ । शारीरिक परिश्रम गर्ने मान्छेको त भइहाल्यो, अरुले पनि दैनिक कम्तीमा ४-५ घण्टासम्म भनेपनि हिँड्नुपर्छ ।

मानिसले चिसो मौसममा अरु बेलामा जस्तो फ्री भएर शारीरिक अभ्यास गर्न सकिँदैन । बिहान हिँडडुल गर्न नसक्नेले सम्भव भए दिउँसोको समयमा अभ्यास गर्न सक्छन् । घर वा कार्यालयमै पनि हिँडडुल गर्नुपर्छ । कम्तीमा दैनिक ८/१० पटक तलमाथि गर्नुपर्छ । एउटै तलामा ८/१० पटक हिँडडुल गर्दा पनि हुन्छ । तर यो बुढाबुढीको हकमा उचित हुँदैन ।

शारीरिक अभ्याससँगै मान्छेलाई पोषणको सन्तुलन पनि मिलाउनुपर्छ । कतिपयले पोषणको नाममा खाना कम गर्ने गर्छन् । त्यो सही हैन, खाना जति पनि खाने हो र एक्सरसाइज पनि गर्नुपर्छ ।

चिसो नसा च्यापिने मदिरा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?

डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन