+
+

आयल निगमबाट बिदा भए सुरेन्द्रकुमार पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १९:१४

२२ पुस, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको तीन वर्षे कार्यभार पूरा गरेर सुरेन्द्रकुमार पौडेल निगमबाट बिदा भएका छन् ।

२०७५ साल पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले पौडलललाई खुला प्रतिस्पर्धाबाट पहिलो पटक निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

बिहीबार सामाजिक सञ्जालमा फेसबुकमार्फत पौडेलले तीन वर्षे कार्याकाल पूरा गरेर निगमबाट बिदा भएको उल्लेख गरेका छन् ।

निगमको कार्यकारी निर्देशकको पदीय गरिमा जोगाउन, निगमको हित र उपभोक्ताको श्रीवृद्धिमा आफूले सक्ने काम गरेको उनको दाबी छ । ‘आयल निगमको कार्यकारी निर्देशकको रुपमा आफ्नो सक्रिय तीन वर्षे कार्यकाल केवल निगम र समस्त उपभोक्ताको सर्वतोमुखी हितलाई अर्जुन दृष्टि र अभिष्ट बनाउँदै आउने क्रमले आजबाट बिट मारेको छु । आफूले कति सहजीकरण गर्न सकेँ या सकिन यसको समग्र मूल्यांकन इतिहासलाई छाडेको छु’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

पौडेलले विश्वव्यापी कच्चा तेलको मूल्य वृद्धिको असरले मूल्यवृद्धि हुन पुगेको भन्दै इन्धनलाई सस्तो बजार हल्ला र राजनैतिक बिषय बन्न नदिन आह्वान गरेका छन् । अत्यावश्यक समग्र इन्धन र ग्यास आपूर्तिमा चुनौतीहरु देखा परेको भन्दै पौडेलले यसलाइ हल गर्न आगामी नेतृत्वलाई सुझाव समेत दिएका छन् ।

पौडेलले नेतृत्व सम्हालेपछिको पहिलो वर्ष आव २०७५/७६ मा निगम ८ अर्ब ६५ करोड रुपैयाँ नाफामा गएको थियो । यस्तै दोस्रो वर्ष आर्थिक वर्ष २०७६/७७ मा निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो । आव २०७७/७८ मा भने निगम ४ अर्ब नोक्सानीमा गएको थियो ।

पेशाले चाटर्ड एकाउण्टेण्ट रहेका पौडेल यसअघि उदयपुर सिमेन्टको महाप्रबन्धक भएर काम गरेका थिए । २५ वर्ष देखि घाटामा रहेको उद्योग उनकै नेतृत्वमा पहिलो पटक नाफामा गएको थियो । सार्वजनिक संस्थान सुधारमा उदयपुर सिमेन्टकै कारण कुशल छबि बनाएका पौडेललाई आयल निगमको कार्यकारी निर्देशकमा केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?