+
+

कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुरमा विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १३:५५

२३ पुस, दाङ । विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा आगामी माघ ३ गतेसम्म पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको हो ।

तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेख माघ ३ गतेसम्म ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाका शिक्षा समिति संयोजक कुमार लामिछानेले बताए ।

हेर्नुहोस् उपमहानगरपालिकाको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?