+
+

अनमोल स्मृति खुला बास्केटबल प्रतियोगिता : टाइम्स र रोयल उपाधिका लागि भिड्ने 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १७:५८

२३ पुस, काठमाडौं । टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । रोयल र टाइम्स दुवै अपराजित रहँदै फाइनल पुगेका हुन् ।

चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित गर्‍यो ।

राष्ट्रिय र उमेर समूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधान र विजय बुर्जाले समान १५–१५ अंक योगदान गरे । पहिलो क्वाटरमा २०–१५ को अग्रता लिएको टाइम्सले अन्तिमसम्म अग्रतालाई जोगाउदै जित अन्तर फराकिलो बनाएको थियो । टाइम्सले दोश्रोमा १६–१०, तेश्रोमा १६–८ र चौथोमा २१–१५ को प्रदर्शन गर्‍यो ।

अर्को सेमिफाइनलमा सौरव श्रेष्ठको १७ अंक सहयोगमा रोयलले गोल्डेनगेटलाई ७९–७० ले हरायो । सुरुका तीन क्वाटर रोयलले क्रमशः २९–१८, १४–११ र २१–१५ ले आफ्नो पक्षमा पार्दै जितको आधार खडा गर्‍यो । चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेटले २६–१५ को अग्रता लिएपनि जितका लागि पर्याप्त रहेन ।

फाइनल शनिबार हुने छ । शिव सेना नेपाल, ललितपुरको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?