
२३ पुस, सप्तरी । नेकपा एमालेका सचिव एवं प्रदेश २ का इन्चार्ज रघुबीर महासेठले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अलग भएपछि पार्टी झन् मजबुत भएको बताएका छन् ।
नेकपा एमाले सप्तरीको नवौं जिल्ला अधिवेशनको शुक्रबार राजविराजमा उद्घाटन गर्दै महासेठले आगामी निर्वाचनमा पार्टीले २०७४ सालको झैं परिणाम ल्याउने दावी गरे ।
पार्टीका पोटिव्यूरो सदस्य प्रभु साहले पार्टीभित्रकै अवसरवार, गद्दार र दक्षिणपन्थीका कारण कम्युनिष्टको सरकार ढलेको बताएका छन् । उनले मधेसकेन्द्रित दललाई ठग र भ्रष्टाचारीको संज्ञा दिए ।
राजजविराजमा खुल्ला सत्र भएको एमालेको सप्तरीको बन्द सत्र भने अग्निसाइर कृष्णासावरण गाउँपालिकामा हुने एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4