+
+

प्याब्सनको एजेन्डा सिप, संस्कार र प्रविधिसहितको शिक्षा : टिकाराम पुरी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते ११:४८

२४ पुस, विराटनगर । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सिप संस्कार र प्रविधिसहितको शिक्षा आवश्यक रहेको बताएका छन् ।

प्याब्सनको ३१औं स्थापना दिवस(प्याब्सन डे)को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले सिप संस्कार र प्रविधिसहितको शिक्षा आवश्यक रहेको बताएका हुन् ।
प्याब्सन १५औं राष्ट्रिय महाधिवेशनको तयारीमा छ । महाधिवेशनबाट सिप, संस्कार र प्रविधिसहितको शिक्षा र दक्ष जनशक्तिको एजेन्डालाई शैक्षिक मुद्दाको रुपमा अघि बढाउने उनले बताए ।

शिक्षामा रुपान्तरण गर्नुपर्छ भन्ने आत्मबोध आफरुहरूलाई भएको उनले बताए । निजी विद्यालयलले देशलाई माया गर्ने जनशक्ति उत्पादन गरेको बताउँदै उनले विश्वस्तरीय दक्षा जनशक्ति उत्पादन गरिरहेको बताए ।

सिप, नेपाली संस्कारलाई प्रविधिसँग जोड्नुपर्ने उनको भनाइ छ । ‘सीप, संस्कार र प्रविधिलाई हामीले अब अबलम्बन गर्दै शिक्षाको विकास गर्नुपर्छ,’ उनले भने ।

निजी स्कुलमा डेढलाखभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारीको पाएको बताउँदै उनले शिक्षाको नाममा विदेशिने ठूलो पूजीलाई निजी क्षेत्रका स्कुलहरूले रोकेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?