+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विदेश जाने निजामती कर्मचारीले फर्किएपछि सुधारको योजना प्रस्तुत गर्नुपर्ने

समितिले जुटाएको सहमति अनुसार विदेश पढ्न गएका निजामती कर्मचारीले फर्किएपछि फर्किको १५ दिनभित्र नेपालमा सुधार गर्न सकिने योजना प्रस्तुत गर्नुपर्ने हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विदेशबाट फर्किएका निजामती कर्मचारीहरूले १५ दिनभित्र नेपालमा सुधार गर्न सकिने योजना प्रस्तुत गर्नुपर्ने व्यवस्था संघीय निजामती सेवा विधेयकमा छ ।
  • विधेयक हाल प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा छ, यसले निजामती कर्मचारीहरूको प्रशिक्षण र सुधार प्रक्रियालाई अनिवार्य बनाउने उद्देश्य राख्दछ।
  • यस व्यवस्था अनुसार, कर्मचारीहरूले आफ्नो अध्ययन वा भ्रमणबाट सिकेका कुरा र सुधारका प्रस्तावहरू प्रस्तुतीकरण गर्नुपर्नेछ ।

२९ वैशाख, काठमाडौं । विदेश पढ्न वा कुनै तालिम लिन गएका निजामती कर्मचारीहरूले फर्किएपछि नेपालको अभ्यासमा कहाँ कस्तो सुधार आवश्यक छनेर त्यस्तो योजना प्रस्तुत गर्नुपर्ने भएको छ ।

यस्तो व्यवस्था बाध्यकारी हुने गरी संघीय निजामती सेवा विधेयकमा राखिने भएको छ । यो विधेयक हाल प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ ।

समितिले जुटाएको सहमति अनुसार विदेश पढ्न गएका निजामती कर्मचारीले फर्किएपछि फर्किको १५ दिनभित्र नेपालमा सुधार गर्न सकिने योजना प्रस्तुत गर्नुपर्ने हुन्छ ।

यस्तो व्यवस्था विधेयकको प्रतिवेदनको बुँदा नम्बर ३७ मा छ । जहाँ भनिएको छ, ‘वैदेशिक तालिम, अध्ययन वा अध्ययन भ्रमणमा गएको निजामती कर्मचारीले त्यस्तो वैदेशिक तालिम, अध्ययन वा अध्ययन भ्रमणबाट फर्किएको पन्ध्र दिनभित्र आफुले देखेका र सिकेका विषय तथा सोको आधारमा गर्न सकिने सुधारका विषय समावेश गरी आफु कार्यरत निकायमा प्रतिवेदन तथा प्रस्तुतीकरण दिनु पर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?