+
+
Shares

रुकुम पश्चिममा जिप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

ब्रेक फेल भएर जिप ४०० मिटर तल खसेको थियो ।

रासस रासस
२०८२ वैशाख २९ गते १७:३३

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा जिप चालक र तीनजना घाइते भएका छन्, सबैको अवस्था गम्भीर रहेको छ।
  • प्रहरीका अनुसार ब्रेक फेल भएर दुर्घटनामा परेको जिप करिब ४०० मिटर तल खसेको थियो ।

२९ वैशाख, रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो ।

दुर्घटनामा परी तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली घाइते भएका छन् । सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जिप ४०० मिटर तल खसेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?