+
+

प्रदेश सरकारले बढायो उपत्यकाको ट्याक्सी भाडा, अब न्यूनतम ६० रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते २०:३६

२४ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सीभाडा बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्री स्तरको निर्णयबाट ट्याक्सीभाडा बढाएको हो ।

उक्त निर्णयअनुसार अब काठमाडौं उपत्यकामा ट्याक्सीको न्युनतम भाडा ६० रुपैयाँ कायम भएको छ । ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ हुने परिमार्जित भाडादरमा उल्लेख छ । त्यसपछि प्रत्येक २०० मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेछ ।

उक्त निर्णयअनुसार ट्याक्सीहरुले अब पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्नेछ । त्यस्तै ट्याक्सी प्रयोग गर्नेवित्तिकै सेवाग्रहीलाई सवारी साधनको नम्बर, चालकको नम्बरसहितको विवरण अंग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड दिनुपर्नेछ ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?