+
+

बेन्जेमा र भिनिसियस चम्किंदा रियल मड्रिडलाई ८ अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १०:०८

२५ पुस, काठमाडौं । लिग लिडर रियल मड्रिडले स्पानिस ला लिगामा भ्यालेन्सियालाई पराजित गर्दै ८ अंकको अग्रता बनाएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले भ्यालेन्सियालाई ४-१ ले हरायो ।

रियललाई सहज जित दिलाउन करिम बेन्जेमा र भिनिसियस जुनियरले दुई-दुई गोल गरे । भ्यालेन्सियाका तर्फबाट गोन्कालो गुडेसले एक गोल फर्काए ।

४३औं र ८८औं मिनेटमा गोल गरेका फ्रान्सेली खेलाडी बेन्जेमाले रियलका लागि गरेको गोल संख्या ३०१ पुगेको छ । बेन्जामा अब क्लबको सर्वकालीन सर्वाधिक गोलकर्ता सूचीमा क्रिस्टियानो रोनाल्डो, राउल र अल्फ्रेडो डि स्टेफानोपछि छन् ।

सहज जितपछि रियलले २१ खेलबाट ४९ अंक जोड्दै सेभियामाथि ८ अंकको अग्रता बनाएको हो । सेभियाको १९ खेलबाट ४१ अंक छ ।

अर्को खेलमा बार्सिलोना भने अग्रता जोगाउन नसक्दा ग्रानडासँग १–१ को बराबरीमा रोकिएको छ ।

सन् २०१६ पछि पहिलो पटक बार्सिलोनाका लागि खेलेका डानी एल्भ्सको पासमा लुक डे जोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेल सकिन एक मिनेट अगाडि ग्रानडाका लागि एन्टोनियो पुरटासले बराबरी गोल फर्काए ।

बराबरीपछि बार्सिलोना तेस्रो स्थानमा उक्लने मौका गुमायो । टोली २० खेलबाट ३२ अंकसहित छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?