+
+

नेपाल प्रहरीका ३४ एसपीको सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १४:३४

२५ पुस, काठमाडौं । नेपाल प्रहरीले ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । गत शुक्रबार २६ एसएसपीको सुरुवा गरेको नेपाल प्रहरीले दुई दिनमै ३४ जना एसपीको सरूवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत अमरेन्द्रबहादुर सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरूवा गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत अरुण पौडेललाई प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरूवा गरिएको छ ।

यस्तै काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा कार्यरत अर्जुनप्रसाद तिमिल्सीनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा गरिएको छ ।

त्यस्तै काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा कार्यरत चक्रराज जोशीलाई जिल्ला प्रहरी कार्याल काभ्रेपलाञ्चोकमा सरूवा गरिएको छ भने जिल्ला प्रहरी कार्याल काभ्रेपलाञ्चोकमा कार्यरत भुपेन्द्रहादुर खत्रीलाई प्रहरी प्रधान कर्यालय जगेडापुल नक्सालमा ल्‍याइएको छ ।

यस्तै विमानस्थल सुरक्षा कार्यालयका नान्तीराज गुरुङलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा पठाइएको छ भने उनको ठाउँमा हिमालय कुमार श्रेष्ठलाई ल्याइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत उमाप्रसाद चतुरबेदीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा ल्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?