+
+

कन्ट्याक ट्रेसिङमा परेका सञ्चारमन्त्री कार्कीको कोरोना रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १६:५५
फाइल तस्वीर

२५ पुस, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

शनिबारदेखि आइसोलेसनमा बसेका मन्त्री कार्कीको आइतबार बिहान स्वाव परीक्षण गरिएको थियो । चिकित्सकले दोस्रो पटक कोरोनाको पीसीआर परीक्षण गर्नुपर्ने बताएको मन्त्री कार्कीले बताए । ‘शुक्रबार दोस्रो परीक्षणको रिपोर्ट आइसकेपछि मात्रै नियमित भेटघाट शुरु गर्छु,’  मन्त्री कार्कीले अनलाइनखबरसँग भने, ‘त्यतिबेलासम्म म आइसोलेसनमै बस्छु ।’

उच्चस्तीय राजनीतिक समन्वयका समितिको बैठकमा सहभागी मन्त्री कार्की कन्ट्याक ट्रेसिङमा परेका हुन् । समिति सदस्य रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की शुक्रबार बसेको समिति बैठकमा सहभागी थिए ।  बिहीबार सत्ता गठबन्धनको बैठक पनि बसेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् । प्रधानमन्त्री देउवामा कोरोनाका कुनै पनि लक्षण नदेखिएकाले कोरोना परीक्षण नगरिएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?