+
+

नबिल बैंकको सहकार्यमा ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रम हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १३:२५

काठमाडौं । नबिल बैंकले ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रम आयोजना गर्नका लागि आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरजकुमार बस्नेत (डनिल) र आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिकी अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरेका छन् ।

कर्जा विभाग प्रमुख बस्नेतले कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालालाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानले भोग्ने समस्या र नीति नियम बीचको अन्तरबारे जानकारी प्राप्त गर्न सकिने बताए । उनका अनुसार कार्यक्रममा किसान, उद्यमी र कृषि व्यापारीको आवश्यकता पूरा गर्न आवश्यक नीति परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुने उनको भनाइ छ ।

आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिकी अध्यक्ष न्हेम्हाफुकीले नबिल बैंकको सहकार्यले सम्रग कृषिमा वित्तीय पहुँच पुर्याउने कामको लागि कोसेढुंगा साबित हुने बताइन् ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघले आगामी माघ ५-८ गतेसम्म चितवनको नारायणगढस्थित चितवन एक्स्पो सेन्टरमा कार्यक्रमको आयोजना गर्दैछ । ५ औं राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै एकैसाथ हुने ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रमको आयोजना आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिले गर्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?