+
+

लागूऔषधसहित मकवानपुरबाट ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १७:१८

२६ पुस, हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध ट्याबलेटसहित ६ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई मकवानपुर मास्टरचोकस्थित डेराबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ मास्टर चोकस्थित शंकर केसीको घरमा डेरा गरी बस्‍ने सुनसरी घर भएका २५ वर्षीय विशाल विक, २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय निरन राई, २२ वर्षीय प्रेजन महर्जन र सुनसरी घर भई हेटौंडा उपमहानगरपालिका-१० बस्‍ने १८ वर्षीय सुमित कुमार बानियाँ रहेका छन् ।

प्रहरीले विशाल विकको कोठाबाट निट्राजेपामका ९७ वटा ट्याबलेट, नेमाडोलका १४८ वटा क्‍याप्सुल, स्टागनका १६ वटा ट्याबलेट, कोइनाका १२ वटा ट्याबलेट र १६ ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?