
प्रतीकात्मक तस्वीर
२७ पुस, काठमाडौं । जानकी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुका लागि बोनस घोषणा गरेको छ । कम्पनीको मंगलबार दिउँसो बसेको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।
बोनस शेयरका साथै कम्पनीले कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ । अहिले यस कम्पनीको चुक्ता पुँजी ६० करोड ४ लाख ११ हजार १ सय रुपैयाँ रहेको छ । बोनस शेयर जारी पश्चात कम्पनीको ९ करोड ६१ लाख रुपैयाँ पुँजी थप हुनेछ ।
बोनस शेयर भने नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4