+
+

मकवानपुरबाट १८३ किलो गाँजा बरामद, गाडीसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १८:००

२७ पुस, हेटौंडा। मकवानपुर प्रहरीले गाडीमा बोकेर ल्याउँदै गरेको गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय रामचन्दू स्याङतान रहेका छन् । विशेष सूचनाको आधारमा गएको प्रहरीले त्रिभूवन राजपथको भिमफेदी गाउँपलिका-२ बाट १८३ किलोग्राम गाजासहित उनलाई पक्राउ गरेको हो ।

प्रहरीले गाजा बोकेको प्रदेश ३–०१–००२२ च ३५५६ नम्बरको टाटाको पिकअप गाडी नियन्त्रणमा लिएको छ । त्रिभूवन राजपथ हुँर्दै पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको गाडीमा गाँजा रहेको सूचनाको आधारमा प्रहरी टोली अपरान्ह ५ बजे भैसे चेक पोष्टमा गएर बसेको थियो ।

नियन्त्रणमा लिइएको गाडी, गाँजा र चालक स्याङतानमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?