+
+

माछापुच्छ्रे बैंकले दियो प्रहरीलाई सडक ब्यारीगेट

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १८:१५

२७ पुस, काठमाडौं । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले महानगरीय प्रहरी बृत्त लैनचौरलाई उक्त ब्यारीगेट हस्तान्तरण गरे ।

बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरुलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरेको हो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोहृखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद खनाल समेत उपस्थिति थिए ।

माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?