+
+

दीपेन्द्रले निर्देशन गर्ने नयाँ फिल्ममा काम गर्दै भिटेन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते ११:३७
निर्देशक दीपेन्द्र के खनाल र र्‍यापर भिटेन

२८ पुस, काठमाडौं । चर्चित र्‍यापर भिटेनले नयाँ चलचित्रमा काम गर्ने भएका छन् । उनले दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा काम गर्ने पक्का भएको हो ।

दीपेन्द्र र भिटेन दुवैले चलचित्र साइन गरिसकेका छन् । यो चलचित्रलाई बुढासुब्बा ओेरिजिनलले निर्माण गर्नेछ । चलचित्रका निर्माता नवराज गिरी हुन् ।

निर्देशक खनालले चलचित्रको नाम ‘रत्नपार्क’ भने नभएको बताए । उनले अनलाइनखबरसँग भने, ‘मैले र भिटेनले चलचित्र साइन गरिसकेका छौं । तर, यो चलचित्रको नाम रत्नपार्क भने होइन ।’

भिटेनले यसअघि बुढासुब्बाकै ब्यानरमा बन्ने चलचित्र ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेका थिए । चलचित्रको कथा दीपेन्द्र आफैंले नै लेखिरहेका छन् ।

निर्मात्री शर्मिला पाण्डेसँग निरन्तर काम गरेका दीपेन्द्रले अब नयाँ निर्मातासँग सहकार्य गर्न लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?