+
+

‘पत्रकारितामा विश्वसनीयताको सङ्कट’

रासस रासस
२०७८ पुष २८ गते १२:४२

२८ पुस, काभ्रे । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताएका छन् ।

प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै उनले विश्वसनीयताको सङ्कटले पत्रकारिताको महत्त्व घट्दै गइरहेको बताए । उनले भने, ‘नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको छ ।’

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य चन्द्र लामा, एमालेका काभ्रे जिल्लाअध्यक्ष अशोक ब्याञ्जू, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासङ्घका जिल्लाध्यक्ष बद्रिराज तिमल्सिना, महासङ्घ पूर्वअध्यक्ष भोजराज तिमल्सिना, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपालका जिल्लाध्यक्ष रोजन तामाङलगात अधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?