+
+

जनवरी २७ मा प्रेमी सुरजसँग विवाह गर्दै मौनी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १७:५४
बलिउड अभिनेत्री मौनी राय र उनका प्रेमी सुरज नाम्बियार

२८ पुस, काठमाडौं । बलिउड अभिनेत्री मौनी राय यही जनवरी २७ मा विवाह बन्धनमा बाँधिदैछन् । उनी दुबईमा रहेका आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गर्न गइरहेको भारतीय सञ्चारमाध्यमे जनाएका छन् ।

मौनीको विवाहको चर्चा केही महिनादेखि भइरहेपनि मिति भने निश्चित भएको थिएन । समाचार अनुसार मौनीले आफ्नो विवाह गोवामा गर्ने भएकी छन् । त्यसका लागि उनले त्यहाँको एक पाँचतारे होटल बुकिङ गर्ने तयारी गरेकी छन् ।

विवाह समारोहमा सीमित व्यक्ति मात्रै उपस्थित हुनेछन् भने अतिथिहरुको सूची पनि उनले तयार गरिसकेको बताइएको छ ।

फुर्सद हुँदा आफ्नो अधिकतम समय समुन्द्री किनारमा बिताउन चाहने मौनीले विवाहका लागि पनि त्यस्तै स्थान चयन गरेकी छन् ।

हाल दुबईमा रहेका मौनीका प्रेमी सुरज इन्भेष्मेन्ट बैंकर हुन् । उनी बैंग्लोरका स्थायी बासिन्दा हुन् । टीभी सिरियलमा ‘नागिन’को भूमिकाबाट चर्चामा आएकी मौनी आगामी चलचित्र ‘ब्रम्हास्त्र’मा देखिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?