
२८ पुस, विराटनगर । शीत लहरका कारण बुधबार विराटनगर विमानस्थलबाट बुधबार तोकिएका सबै उडान रद्द भएको छ । काठमाडौं-विराटनगरका १९ र विराटनगर-भैरहवाको एउटा गरी २० उडान रद्द भएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए ।
शीत लहरका कारण मौसम नखुलेपछि सबै उडान र अवतरण रद्द भएको उनले बताए । मौसममा सुधार नभएपछि रात्रिकालीन उडान पनि रद्द भएको छ ।
विराटनगरबाट काठमाडौं बुद्ध एयरको ८, यती एयरलाइन्सको ६, श्री एयरलाइन्सको २ र सौर्य एयरलाइन्सको २ उडान हुने तालिका थियो । सौर्यकै विराटनगरबाट भैरहवाको एउटा फ्लाइटको सेड्युल पनि थियो ।
मौसममा सुधार नभएका कारण सबै उडान रद्द भएको खरेलले जानकारी दिए । शीतलहरका कारण भजिबिलिटी कम भएपछि बुधबारका उडान र अवतरण रद्द भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4