+
+

२० वर्षसम्म अलपत्र निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १७:०६

२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले २० वर्षसम्म लिन/बुझ्न नआएका र दावी नपरेका निक्षेप (अनक्लेम्ड डिपोजिट) राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंकिङ विकास कोषमा तोकिएको हिसाबमा जम्मा गर्नुपर्ने बताएको हो ।

कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै हुने बताएको छ ।

प्रक्रिया पूरा गरेर कोषमा जम्मा भएको रकम उपर निक्षेपकर्ता र उसको हकवालाबाट प्रमाणसहित दावी परेमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा दावी पेश गर्न सक्नेछन् । यस्तो दावी आएमा विना ब्याज बैंक तथा वित्तीय संस्थालाई रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ ।

कोषको रकम बैंकिङ विकासमा उपयोग हुने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?