
काठमाडौं । मुक्तिनाथ विकास बैंकले मुद्दतीमा दिइने ब्याज सुविधामा ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
बचत खाता तथा मुद्दती खाताको विशेषताहरूलाई समेटेर मुक्तिनाथ क्रमिक बचत खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एकनिश्चित रकम, न्यूनत्तम १ वर्षदेखि १० वर्ष अवधि सम्मका लागि जम्मा गरेको अवस्थामा एक वर्षेको व्यक्तिगत मुद्दती खातामा दिइने बराबरको ब्याज दिइने बैंकले जनाएको छ । साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन: सोही खातामा नै जम्मा हुने र यसमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने बैंकले जनाएको छ ।
यस खाताबाट नियमित रुपमाआर्जन गरेको आम्दनीको केहीअंश खर्च नगरी बचत गर्न चाहने ग्राहकहरूलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको प्राप्त हुने बैंकले विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरि रहेको एटीएममा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया 4