+
+

त्रिवि शिक्षण अस्पतालका ६० स्वास्थ्यकर्मीमा कोरोना, अस्पतालको सेवा प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १९:५९
फाइल तस्वीर

२९ पुस, काठमाडौं । काठमाडौंको  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत ६० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । एकैपटक ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालले दिने सेवा समेत प्रभावित बन्न पुगेको छ ।

मेडिकल आईसीयू वार्डबाट संक्रमण फैलिएपछि जनशक्ति अभावले सेवा पनि प्रभावित बनेको अस्पतालले जनाएको छ ।

अस्पतालका फोर्कल पर्सन डा. निरज बमका अनुसार संक्रमित हुनेमा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा आवसीय चिकित्सक छन् । एकैपटक धेरै स्वास्थ्यकर्मी संक्रमित भएपछि जनशक्ति अभावमा मेडिकल आइसियू वार्डको बेड पनि घटाइएको छ ।

‘पहिला हामीले ९ बेड सञ्चालन गरेका थियौं । तर, जनशक्ति अभाव भएपछि ४ बेडमा झारेका छौं,’ डा.बमले अनलाइनखबरसँग भने । बमका अनुसार धेरै स्वास्थ्यकर्मी होम आइसोलेसनमा छन् । दुई/तीन जना दीर्घरोगी भएका स्वास्थ्यकर्मीलाई भर्ना समेत गरेर राख्नुपरेको उनको भनाइ छ ।

‘धेरै जना लक्षणविहीन नै छन् । केहीलाई मात्रै लक्षण देखिएको छ,’ डा. बमले भने ,‘ एकैपटक धेरै मानिसमा संक्रमण देखिएकाले ओमिक्रोन भेरियन्ट फैलिएको हो भन्ने आंशका पैदा भएको छ ।’

एकै पटक धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा जनशक्तिको अभावमा स्वास्थ्य प्रणालीमा ठूलो समस्या आउने उनले बताए ।

‘आज एकैपटक धेरै स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि हुँदा धेरै अप्रेशन रोकिएका छन् । उसो त संक्रमित बिरामीको चाप पनि बढ्दै गएको छ,’ उनले भने । हाल अस्पतालमा ७ आइसियूमा सहित ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?