+
+

रुबी भ्यालीको पहिरोमा पुरिएकाहरु अझै भेटिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते ७:४९
फाइल तस्वीर

३० पुस, काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको अवस्था अझै अज्ञात छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् ।

हिजो बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । साँझसम्म खोज्दा नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । आज बिहानबाट पुनः खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

‘पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था छैन, मानिसले नै आफैं पहिरो पन्छाउनुपर्छ त्यसैले खोज्न कठिन भइरहेको छ’ डिएसपी भण्डारीले भने ।

रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने सडकमा पहिरो खस्दा डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका हुन् ।

बिहीबार हेलिकप्टरबाट नेपाली सेनाका मेजर नेतृत्वको उद्धारकर्मीको टोली सो स्थानमा पुर्याइएको थियो । सशस्त्र र नेपाल प्रहरीको टोली पनि हिजो नै सो स्थानमा पुगेका थिए । तर ढुंगासहितको पहिरो खसिरहेकाले दिउँसो दुई बजेपछि मात्रै खोजी सुरु गरिएको थियो । अँध्यारो भएपछि र निकै चिसो बढेपछि हिजो साँझपख खोजी कार्य स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?