+
+

सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते ११:१४

३० पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । माघी पर्वको अवसरमा भन्दै प्रदेश सरकारले सुदूरपश्चिममा थप एक दिनका लागि सार्वजनिक विदा दिएको जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको जानकारी दिए । उनकाअनुसार माघ १ गते संघीय सरकारले नै विदा दिने गरेकाले प्रदेश सरकारले थप एक दिन विदा दिँदै आएको छ ।

सुदूरपश्चिममा पहाडी समुदायले माघ १ गतेलाई मकर संक्रान्ति पर्व(नरहरी) र तराईमा बसोबास गर्ने थारु समुदायले माघी पर्व मनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?