+
+

लिपुलेकबारे मोदीको अभिव्यक्ति र सरकारको मौनता आपत्तिजनक : विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १२:५०

३० पुस, काठमाडौं । विवेकशील साझा पार्टीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी मोदीको उक्त अभिव्यक्तिप्रति नेपाल सरकारको मौनता र लाचारी पनि आपत्तिजनक बनाएको बताएका छन् ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ’ उनले विज्ञप्तिमा भनेका छन् ।

अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गरेको भन्दै विवेकशील साझा पार्टीले नेपाल सरकारले भारतको मिचाहा प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने बताएको छ । यदि भारतको यो प्रवृत्तिको मिचाहा प्रवृत्तिको प्रतिवाद गर्न नसक्ने हो भने दूरगामी असर भोग्नुपर्ने विवेकशील साझा पार्टीले उल्लेख गरेको छ ।

नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद गर्न पनि विवेकशील साझा पार्टीले सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?