+
+

इजरायलमा भेटियो ओमिक्रोनको ‘सब भेरियन्ट’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १७:०८

३० पुस, काठमाडौं । कोभिड-१९ को नयाँ ‌ओमिक्रोन भेरियन्टको ‘सब भेरियन्ट’ फेला परेको छ । इजरालयमा कोभिड संक्रमितको नमुना जीन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको सब भेरियन्ट फेला परेको हो ।

ओमिक्रोन भेरियन्टबाट विकास भएको सब भेरियन्टको नाम ‘बीए २’ राखिएको छ । हालसम्म यो सब भेरियन्टबाट इजरालयमा २० जना संक्रमित भएको जेरुसलेम पोष्टले जनाएको छ ।

‘बीए २’ सँग  उत्परिवर्तनको संख्या मौलिक ओमिक्रोन भेरियन्टभन्दा बढी भएको र थप आक्रामक हुन सक्ने समाचारमा उल्लेख छ । तर  नयाँ सब भेरियन्टबाट के-कस्तो जोखिम उत्पन्न हुने भनेर प्रस्ट भइसकेको छैन ।

इजरायलको स्वास्थ्य मन्त्रालयले समेत ‘बीए २’ ओमिक्रोनभन्दा फरक रहेको कुनै प्रमाण नभेटिएको बताएको छ ।

केही हप्ताअघि चीनमा पहिलो पटक देखा परेको ‘बीए २’ सब भेरियन्ट भारतमा उत्पन्न भएको आशंका गरिएको छ । यो सब भेरियन्ट डेनमार्क, अष्ट्रेलिया, क्यानडा र सिंगापुरमा समेत देखिएको छ ।

वैज्ञानिकहरूले नयाँ सब भेरियन्ट ओमिक्रोनभन्दा आक्रामक भएको खण्डमा यसले संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउन र अस्पतालमा गम्भीर बिरामीको संख्या बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

हाल यसलाई इजरायली र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले निगरानी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?