+
+

प्रधानमन्त्री कप क्रिकेट : समूह चरणका सबै खेल जित्दै एपीएफ सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १७:१४

३० पुस, काठमाडौं । विभागीय टोली एपीएफ समूह चरणमा अपराजित रहँदै प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको समूहको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफ समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।

समूहमा शतप्रतिशत जित निकाल्ने क्रममा शुक्रबार एपीएफले १०५ रनको लक्ष्य ११ ओभरमै पूरा गर्‍यो । ओपनरद्वय प्रदीप ऐरी र आसिफ शेखले पहिलो विकेटका लागि ६.४ ओभरमै ७४ रनको साझेदारी गर्दै जितको आधारमा खडा गरेका थिए ।

आसिफले २६ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४३ रन बनाए । यस्तै प्रदीपले २० बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा ३६ रन जोडे । पुरुण विक ३ रन बनाएर आउट भए । सन्दीप जोरा ९ र लोकेश बम ७ रनमा अविजित रहे । लुम्बिनीका बसिर अहमदले २ तथा सिद्धान्त शाहीले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो । लुम्बिनीका देव खनालले ४२ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४३ रन बनाए । सुशान्त थापाले १८ र कप्तान कृष्ण कार्कीले १३ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि कमल ऐरी, किशोर महतो, अविनाश बोहरा र दीपक बोहराले २-२ विकेट लिए । यस्तै कप्तान शरद भेषावकरले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?