+
+

कर्णाली प्रवेश नाकामा कडाइ गर्न मुख्यमन्त्री शाहीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते २०:२६

३० पुस, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको तेस्रो लहर रोकथामका लागि प्रदेश भित्रिने नाकाहरुमा कडाइ गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै उनले नाकाहरुमा कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

‘भारतमा कोरोना संक्रमणको दर बढेपछि घर फर्किने कर्णालीबासीको संख्या पनि बढेको छ । सीमा नाकामा तत्काल कडाइगर्न वैठकबाट निर्देशन दिएको छु’ मुख्यमन्त्री शाहीले भने ।

मुख्यमन्त्री शाहीका अनुसार कोरोनाको सम्भावित तेस्रो लहर रोकथामका लागि प्रदेश सरकारले पूर्व तयारी समेत थालेको छ । त्यसका लागि प्रदेशमा प्रवेश गर्ने नाकाहरुमा होल्डिङ सेन्टर स्थापना गर्नेदेखि एम्बुलेन्सको बन्दोबस्त गर्ने निर्णय गरिएको छ ।

सुर्खेतको छिन्चुमा होल्डिङ सेन्टर निर्माण गर्ने र भारत लगायत छिमेकी मुलुकबाट प्रदेश भित्रिने सम्पूर्ण व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरिएको छ । त्यस्तै प्रत्येक जिल्लामा कोेभिड विशेष एम्बुलेन्स तयारी अवस्थामा राख्र्ने, एम्बुलेन्सहरु अपुग भए खरिद् प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बाह्य मुलुकबाट आउने कर्णालीका नागरिकमध्ये सडक पूर्वाधार पुगेका जिल्लाका भए सम्बन्धित जिल्लामा पुर्‍याउने र सडक नपुगेको जिल्लाका मानिसलाई सुर्खेतको होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहीले सबै तहका स्वास्थ्य संस्थारुलाई कोभिड प्रतिकार्यका लागि उच्च सतर्कताका साथ क्रियाशील रहन निर्देशन दिएका छन् । भौगोलिक विकटता, जनसंख्या लगायतका सूचकलाई आधार मानेर स्थानीय तहहरुमा समावेशी बजेट वितरण गरिने छ ।

जोखिम भत्ताको रुपमा कोभिड नियन्त्रण कार्यमा खटिनेहरुलाई मात्र दिने निर्णय गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नाकामा कडाइ गरिने भनिएतापनि हालसम्म कर्णाली भित्रिने मुख्य नाकाहरुमा कोरोना परीक्षण र होल्डिङ सेन्टर स्थापना गरिसकिएको छैन । भारतबाट कर्णाली फर्किएकाहरु सोझै गाउँ पुग्ने गरेका छन् ।

सरोकारवालासँग छलफल गरी नाकामा निगरानी बढाउन लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले बताए । उनका अनुसार ज्वरो क्लिनिक तथा आइसोलेसन केन्द्र स्थापना गर्ने तयारी थालिएको छ । ज्वरो क्लिनिकमा चिकित्सक, नर्स र प्यारामेडिक एक÷एक जना स्वास्थयकर्मीको व्यवस्थान गर्ने जिम्मा सामाजिक विकास मन्त्रालयले लिएको छ ।

होम आइसोलेसनमा रहनेहरुको परामर्शका लागी प्रदेश अस्पताल रहेको टेलिमेडिसिन सेवालाई निरन्तरता दिने र यसका लागि अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने निर्देशनालयले जनाएको छ ।

यस्तै, हरेक जिल्लामा पर्याप्त बेडसहितको कोभिड–१९ विशेष अस्पताल रहनेछन् । अस्पतालका लागि जनशक्ति, पर्याप्त उपकरणको व्यवस्थासहित आकस्मिक अवस्थामा रहेका संक्रमितलाई ओसारपसार गर्न चौबिसै घण्टा एम्बुलेन्स तयारी अवस्थामा राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?