+
+

धनगढीमा दुई माेटरसाइकल ठाेक्किँदा एक जनाकाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते १६:४७

१ माघ, धनगढी । धनगढीमा दुईवटा माेटरसाइकल ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक गम्भीर घाइते भएका छन् ।

माेहना पुल-अत्तरिया ६ लेन सडकमा शनिबार सुदूरपश्चिम प्रदेश ०१० प ५८१५ र से ५ प ७१९ नम्बरको माेटरसाइकल ठाेक्किएर भएकाे दुर्घटनामा गाेदावरी नगरपालिका-१ का १८ वर्षीय गणेश बलायरकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भएका बलायरलाई धनगढी ल्याउने क्रममा मृत्यु भएकाे हाे भने  धनगढी उपमहानगरपालिकाका १९ वर्षीय अमनजंग ठकुरी गम्भीर घाइते छन् । उनकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?