+
+

चेल्सीलाई हराउँदै सिटीले बनायो १३ अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते ८:०८

२ माघ, काठमाडौं । लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार दोस्रो स्थानको चेल्सीलाई १-० ले हराएको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनाले दोस्रो हाफमा निर्णायक गोल गरे । उनले ७०औं मिनेटमा जाओ कान्सेलोको पासमा गोल गरेका थिए ।

यो जितपछि सिटीले चेल्सीमाथि नै १३ अंकको अग्रता बनाउँदै उपाधि होडलाई बलियो बनाएको छ ।

२२ खेलबाट सिटीको ५६ अंक भएको छ । समान खेलबाट चेल्सीको ४६ अंक छ । २ खेल कम खेलेको लिभरपुल ४२ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?