+
+

कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते ९:५४

२ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक भने घाइते छन् ।

मृत्यु हुनेमा रुकुमपूर्व घर भई काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा हिजो बेलुकी पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वयम्भूतर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२-०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे कलंकीमा ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौंको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगर घाइते भएका छन् । उनको उपचार पनि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा भइरहेको छ ।

बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?