+
+
Shares

कलंकीमा स्कुल भ्यान दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते

स्कुलबाट बाहिर निस्कने क्रममा स्कुल गेटको पिलरमा ठोक्किएर भ्यान दुर्घटना भएको थियो । सो क्रममा स्कुलका बालबालिका र शिक्षक घाइते भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलको भ्यान दुर्घटना हुुँदा ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको छ।
  • दुर्घटनामा स्कुलका बालबालिका र शिक्षक गरी सात जना घाइते भएका छन्।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र घाइतेहरुको उपचार भइरहेको जानकारी दिएको छ।

२ असार, काठमाडौं । कलंकीमा स्कुल भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कम्पाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनको शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुलबाट बाहिर निस्कने क्रममा स्कुल गेटको पिलरमा ठोक्किएर भ्यान दुर्घटना भएको थियो । सो क्रममा स्कुलका बालबालिका र शिक्षक घाइते भएका थिए ।

घाइते हुनेहरुमा ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का र ९ वर्षीया प्रेमिसा घर्तीमगर घाइते भएका छन् ।

उनीहरु सबैको नेपाल नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

त्यसैगरी स्कुलका प्राधानन्याकप ४६ वर्षीया सुरज पोख्रेल र चालक ६० वर्षीय हर्कबहादुर कार्की पनि घाइते भएका छन् । उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?