
३ माघ काठमाडौं । नेपाली कांग्रेसका प्रदेश नम्बर २ का सदस्य राम सरोज यादवले प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्ने प्रस्ताव गरेका छन् ।
प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।
‘यदि अवस्था र परिस्थिति मिल्छ भने राजधानीको बारेमा भोटिङ गरेर बसौं (बैठक स्थगन) र नामकरणबारे फेरि पनि छलफल गरौं ।’
राजधानीमा भने जनकपुर नै उपयुक्त रहेको र यसमा अधिकांसको सहमति रहेको उल्लेख गर्दै उनले नामाकरणबारेको मतदान तत्काल स्थगन गर्ने प्रस्ताव गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4