+
+

एनबी बैंकको कामु सीईओमा पाण्डे नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते २१:५७

३ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी बैंकर भुपेन्द्र पाण्डेले पाएका छन् । केही साता पहिले वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका पाण्डेलाई आइतबारदेखि कामु सीईओको जिम्बेवारी दिइएको हो ।

बैंकका तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगाना दुई कार्यकाल पुरा गरेर बैंकबाट बिदा भएपछि पाण्डेले बैंकको कमाण्ड सम्हालेका हुन् । दुई दशकलदेखि बैंकिङ सेवामा सक्रिय पाण्डे यस अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

राष्ट्रिय वाणिज्य बैंकको नायव प्रमुख कार्यकारी अधिकृतबाटै अवकास लिएका पाण्डेले कार्यबाहक सीईओको रुपमा निफ्रामा पनि केही महिना नेतृत्व गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?