+
+

‘चपली हाइट ३’ हेरेपछि कलाकारहरुले भने- निकेश भर्सटायल निर्देशक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १२:५८

४ माघ, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले सोमबारबाट सिनेमा हल बन्द गर्ने निर्णय गर्‍यो । हल बन्द भएपछि सबैभन्दा बढी मारमा पर्‍यो शुक्रबार मात्रै रिलिज भएको निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ ।

तीन दिन मात्र चल्न पाएको यो चलचित्र हेर्न आइतबार बेलुका अधिकांश कलाकारहरु पुगे । चलचित्र हेरिसकेपछि उनीहरुले निर्देशक निकेश खड्काको खुलेर तारिफ गरे ।

चलचित्र हेर्न पुगेकी अभिनेत्री केकी अधिकारीले चलचित्रको अवधिभर निकेशले दर्शकलाई बाँध्न सफल भएको र कतैै पनि ‘सस्पेन्स’ नखोलेको बताइन् । उनले भनिन्, ‘निकेश निर्देशनमा भर्सटायल छन् भन्ने चपली हाइट ३ बाट पनि पुष्टि हुन्छ ।’

निकेशले निर्देशन गरेको पहिलो चलचित्र ‘जिन्दगी रक्स’ लभ स्टोरीमा आधारित थियो । दोस्रो चलचित्र ‘फाटेको जुत्ता’लाई उनले कमेडी कथामा प्रस्तुत गरेका थिए । तेस्रो चलचित्र ‘चपली हाइट ३’लाई भने निकेशले सस्पेन्स कथामा निर्देशन गरेका छन् ।

एउटा निर्देशकले तीनवटा चलचित्रलाई फरक–फरक शैैलीमा निर्देशन गर्नु उसको खुबी भएको अर्की अभिनेत्री पूजा शर्माले बताइन् । पूजाले चलचित्र हेरेर अन्तिमसम्म के होला भन्ने खुल्दुलीमा आफू रहेको र यसका लागि निर्देशक खड्का बधाईको पात्र रहेको बताइन् ।

अभिनेत्री वर्षा राउतले चलचित्रको क्याप्टेन भएका नाताले निकेशको काम प्रशंसायोग्य भएको बताइन् । यस्तै पल शाहले पनि निकेशले चलचित्रलाई दुई घण्टासम्म फुत्कन नदिएको बताए ।

निर्देशक निकेश दर्शक, सञ्चारकर्मी तथा चलचित्रकर्मीबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको बताउँछन् । उनले आगामी दिनमा अझै फरक कथामा चलचित्र दर्शकमाझ ल्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?