+
+

यसरी चलाउनुस् एउटा आइफोनमा दुईवटा ह्वाट्सएप एकाउन्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १३:११

अहिले लगभग हरेक स्मार्टफोन दुईवटा सिमकार्ड चल्ने अर्थात् डुअल सिम सपोर्ट गर्ने हुन्छन् । यसले मानिसलाई एउटै फोनमा दुईवटा नम्बर प्रयोग गर्न मिल्ने हुँदा निकै सहज हुन्छ ।

सर्वाधिक लोकप्रिय मेसेजिङ एप मध्येको एक ह्वाट्सएप प्रयोगकर्ताको चाहना पनि एउटै मोबाइल फोनमा दुईवटा फोन नम्बरमा अलग अलग ह्वाट्सएप चलाउने हुनसक्दछ । तर ह्वाट्सएपले सिधा रुपमा एउटै स्मार्टफोनमा दुईवटा ह्वाट्सएप चलाउने अनुमति दिँदैन । यसका लागि अधिकांश एन्ड्रोइड प्रयोगकर्ताले एप क्लोनिङ फिचर वा थर्ड पार्टी एपको प्रयोग गरेर डुअल ह्वाट्सएपको मज्जा उठाउँछन् । तर आइफोन प्रयोगकर्ताका लागि चाहिँ यसो गर्नु पनि सम्भव हुँदैन ।

आइफोन प्रयोगकर्ताले एउटै आइफोनमा दुईवटा अलग अलग ह्वाट्सएप एकाउन्ट कसरी चलाउने छ ? यसका लागि एउटा सजिलो उपाय छ :

· सबैभन्दा पहिले आफ्नो आइफोनको एपस्टोरबाट ह्वाट्सएपको भगिनी एप ह्वाट्सएप बिजनेस WhatsApp Business इन्स्टल गर्नुहोस् ।

· ह्वाट्सएप बिजनेस इन्स्टल भैसकेपछि Agree and Continue अप्सनमा ट्याप गर्नुहोस् । त्यसो गर्दा नयाँ विन्डोमा दुईवटा अप्सन देखा पर्दछन् ।

· पहिलो विकल्पबाट तपाइँले आफ्नो विद्यमान ह्वाट्सएप एकाउन्टलाई नै विजनेस एकाउन्टमा बदल्न सक्नुहुन्छ । दोश्रो विकल्पमा भने तपाईंले दोश्रो नम्बरबाट नयाँ ह्वाट्सप विजनेस एकाउन्ट सेट गर्न सक्नुहुन्छ । त्यसैले तपाईंले दोश्रो विकल्पमा थिच्नुपर्दछ ।

· त्यसपछि मोबाइल नम्बर हाल्नुहोस् जसबाट तपाईंले आइफोनमा दोश्रो ह्वाट्सएप एकाउन्ट चलाउन चाहनुहुन्छ । त्योसँगै भेरिफिकेसनका लागि तपाईंले प्राप्त गरेको ओटिपी हालेर आफ्नो नाम दर्ता गर्नुहोस् । त्यसपछि तपाईंले Not a Businessछानेर म्यलभ मा थिच्नुपर्दछ । यो सँगै तपाईंले आफ्नो आइफोनमा दुई फरक फरक फोन नम्बरबाट दुईवटा ह्वाट्सएप एकाउन्ट चलाउन सक्नुहुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?