+
+

सुनसरीमा पत्रकारको निःशुल्क दुर्घटना बिमा गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १३:४५
प्रतीकात्मक तस्वीर

४ माघ, काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका पत्रकारहरुको दुर्घटना बिमा गर्ने भएको छ । सुनसरीलाई कार्यक्षेत्र बनाएर सञ्चारकर्म गरिरहेका पत्रकारहरुको निःशुल्क दुर्घटना बिमा गरिने युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

अघिल्लो वर्ष पनि युनियनले ३१४ जना सञ्चारकर्मीहरुको निःशुल्क दुर्घटना बिमा गरेको थियो । अधिकारीका अनुसार युनियन र अजोड इन्स्योरेन्स काठमाडौंबीच भएको सम्झौता अनुसार जिल्लामा क्रियाशील सञ्चारकर्मीको दुर्घटना बिमा नवीकरणका लागि दुवै संस्थाले आधा–आधा रकम व्यहोर्नेछन् ।

बिमा कार्यक्रममा आवद्ध हुन नागरिकताको प्रतिलिपि, फोटो र आफू कार्यरत सञ्चारगृहले दिएको नियुक्ति पत्र आवश्यक पर्ने अधिकारीले बताए । युनियनमा एक साताभित्र आएको नामावली इन्स्योरेन्स कम्पनीमा पठाइने युनियनले जनाएको छ । पठाइएको नामावलीमध्ये आधा सञ्चारकर्मीको रकम भने युनियन सुनसरीले व्यहोर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?