+
+

कोरोना संक्रमण : अबको एक महिना कठिन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते २०:३७

४ माघ, काठमाडौं । मंगलबार नेपालमा अहिलेसम्मकै उच्च १० हजार जनालाई कोरोन संक्रमण पुष्टि भएको छ । तर दैनिक थपिने संक्रमितको यो संख्या बढेर २० हजार आसपास पुग्ने र एक महिना कष्टपूर्ण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपणले देखाएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिलाई दिएको जानकारीअनुसार माघ दोस्रो साता दैनिक संक्रमण पुष्टि हुनेको संख्या उच्च हुनेछ । त्यो बेला दैनिक २० हजार हाराहारीमा संक्रमण पुष्टि हुनेसक्छ ।

संक्रमितमध्ये करिब १० हजारमा लक्षण हुनेछ । १ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ भने ३९४ जनाको अवस्था गम्भीर हुनसक्छ । तेस्रो साताबाट संक्रमितको संख्या क्रमशः घटेर १०/११ हजार हाराहारीमा पुग्नेछ ।

अस्पतालमा सबभन्दा चाप भने यही तेस्रो साता हुनेछ । मन्त्रालयको प्रक्षेपणअनुसार यो समय १३ हजारभन्दा बढी मानिस उपचार दिनुपर्ने हुनसक्छ ।

स्वास्थ्य मन्त्रालया अनुसार फागुनको पहिलो सातासम्म दैनिक थपिने नयाँ संक्रमितको संख्या १० हजार हारहारी हुनेछ । त्यसपछि भने क्रमशः घट्नेछ र चैत अन्त्यतिर कोरोना संक्रमण नियन्त्रण उन्मुख हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?