+
+

सप्तरीमा एकै दिन ६५ जनामा कोरोना, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १५:३७

४ माघ, सप्तरी । सप्तरीमा एकै दिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको कोरोना ल्याबमा ७५ जनाको नमुना परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

उनका अनुसार संक्रमित हुनेमा अधिकांश न्यायालय र सुरक्षा निकायका व्यक्ति छन् । उनीहरु होम आइसोलेसनमा बसेको यादवले बताए ।

योसँगै कोरोनाको तेस्रो लहरमा जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

एक संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका १ बस्ने ७५ वर्षीया महिला छन् ।

१ माघमा ज्वरो आएपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरी २ माघमा नमुना संकलन गरिएको थियो । ३ माघमा रिपोर्ट पोजेटिभ आएसँगै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतक महिला कोरोनाविरुद्वको खोप समेत लिएकी थिइन् । यद्यपि उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?