+
+

नेप्सेमा १० अंकको करेक्सन, ८ अर्ब ४४ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १५:३४

४ माघ, काठमाडौं । शेयर बजारमा १० अंकको करेक्सन देखिएको छ । केही दिन यता लगातार जसो बढिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने १० अंकले घटेको हो । नेप्से परिसूचक ०.३७ प्रतितशले घटेर २ हजार ९ सय ३६ दशमलव ६६ अंकमा झरेको छ ।

मंगलबार बजार खुलाभएसँगै झिनो अंकले बढेको बजार दिनभरको उतारचढाव पछि अन्तिममा घटेर बन्द भएको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै देखिएको छ । दिनभर १ करोड ६० लाख कित्ता भन्दा धेरै शेयर कारोबार हुँदा कारोबार रकम ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ नाघेको छ ।

बजार घटे पनि केही कम्पनीहरुको शेयर मूल्य भने राम्रै बढेको छ । सबैभन्दा बढी शेयर मूल्य बढ्नेमा सामलिङ पावर कम्पनी देखिएको छ । यसको ९.४९ प्रतिशतले बढेर शेयर मूल्यमा ६४९ दशमलव ३० रुपैयाँमा पुगेको छ । यसैगरी मध्यभोटेकोशी हाइड्रोपावर, बुद्धभूमी हाइड्रोपावर, प्रभु बैंक, बरुण हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य राम्रो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?