
भिडियो निर्देशनमा भर्सटायल छवि बनाएका निर्देशक माइकल चन्दले ‘निन्द्रा लाग्दैन’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । हरि क्रियशनको प्रस्तुतिमा तयार भएकोे यो गीतमा हरिप्रसाद गौतमको शब्द, सन्तोष रुचालकोे संगीत, रचना रिमाल र सन्तोष रुचालकोे स्वर छ ।
निर्देशक चन्दले भिडियोलाई डान्सिङ शैलीमा तयार पारेका छन् । यो गीतकोे भिडियोमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपकोे नृत्य हेर्न सकिन्छ । शिलन लम्सालको सम्पादनमा तयार भएको भिडियोमा सागर पौडेलको छायांकन छ । भिडियोमा मोडल उषा उप्रेतीको नृत्य आकर्षक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4