+
+

मंगल ग्रहमा कुनै बेला कीरा रहेको संकेत भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १७:०५

४ माघ, काठमाडौं । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको क्युरिओसिटी नामक यानले उक्त ग्रहमा कुनै बेला जीवको अस्तित्व रहेको संकेत फेला पारेको छ ।

अनुसन्धानका क्रममा क्युरिओसिटी यानले संकलन गरेका चट्टानमा जैविक कार्बन (अर्गानिक कार्बन)को मात्रा रहेको पाइएको मेट्रो समाचार माध्यमले जनाएको छ । चट्टानमा रहेको जैविक कार्बन कुनै बेला मंगल ग्रहमा बाँच्ने कीराको रहेको हुन सक्ने अनुमान गरिएको छ ।

मंगल ग्रहका आधा दर्जन स्थानबाट संकलित चट्टानको भित्री पत्रको विश्लेषणपछि प्राचीन कार्बन चक्र पहिचान गरिएको हो । संकलित नमुनामा चट्टानमा २ अर्ब ७० करोड वर्ष पहिला अष्ट्रेलियामा फेला परेको सूक्ष्म जीवाणुको अवशेष झल्काउने ‘जैविक आधार’ रहेको समाचारमा उल्लेख छ ।

चट्टानको कार्बनमा रहेका दुईवटा स्थिर आइसोटपबाट कार्बन उत्पत्तिको स्रोत पत्ता लगाइएको हो ।

नासाको क्युरिओसिटी यानले ९ वर्षदेखि मंगल ग्रहको गेल क्रेटरको अन्वेषण गरिरहेको छ । यानले झण्डै साढे ३ अर्ब पुरानो ‘डिप लेक’ ठानिएको उक्त क्रेटरभित्र ड्रिलिङ गर्दै प्राप्त नतिजा पृथ्वीमा पठाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?