+
+

बाँकेमा एकैदिन ७७ जनामा कोरोना संक्रमण 

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १९:४७

४ माघ, दाङ । बाँकेमा एकैदिन ७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ ।

भेरी अस्पतालामा ४१, मेडिकल कलेज काहोलपुरमा २८ र बागेश्वरी ल्याबमा ८ जना गरी ७७ जनामा संक्रमण पुष्टी भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलील जानकारी दिए । सोमबार बाँकेमा ५८ जनामा संक्रमण पुष्टी भएको थियो भने भेरी अस्पतालमा एक जना महिलाको मुत्यु भएको थियो ।

उनका अनुसार जिल्लामा १५ दिनयता १ हजार १ सय ३ जनाको परीक्षण गर्दा ३ सय ५४ जनामा संक्रमण देखिएको छ । हाल बाँकेमा कोरोना संक्रमण दर ३२ प्रतिशत छ ।

त्यस्तै मंगलबार जमुनाह नाकामा भारतबाट आएका २ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको वलीले बताए । जिल्लामा संक्रिय संक्रमित संख्या दुई सय ९१ पुगेको छ ।

नेपाल–भारत खुला नाका कारण भारतबाट भित्रिनेहरुको संख्या बढेपछि बाँकेमा संक्रमणको जोखिम बढेको छ । अहिले संक्रमित संख्या उकालो लागि रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?