+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

टिभिएसका मोटरसाइकल र स्कुटर किन्न मासिक ५,९९९ रूपैयाँ ईएमआई

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते २०:१९

नेपाली अटो बजारमा बढिरहेको महंगीसँग जुध्न टिभिएसले ग्राहकहरुको लागि नयाँ योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंनबाट नै डाउन पेमेन्ट तिरेर नयाँ टिभिएस चढेर जान पाउनेछन् । यसरी ग्राहकले मासिक ईएमआई न्युनतम मात्र ५,९९९ सम्म तिर्नुपर्ने हुन्छ ।

यति मात्र हैन, ग्राहकहरुले बिना ब्याज तथा डाउन स्पट एक्सचेन्ज भुक्तानीको सुविधा पनि पाउनेछन् । यो योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

‘ग्राहकहरूलाई मोटरसाइकल तथा स्कूटर खरिद गर्न सजिलो बनाउन हामीले यो योजना लिएर आएका हौं। हामी सदैव हाम्रो ग्राहकलाई राम्रो सुविधा दिन तत्पर छौं र आगामी दिनमा यस्ता योजनाहरू लिएर आइरहने छौं ,’ जगदम्बा मोटर्सका सिईओ दिपक अग्रवालले भने ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?