+
+

‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन फेरि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते ११:३८

५ माघ, काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको छ । यो चलचित्रको रिलिज मिति माघ १९ गतेलाई तोकिएको थियो ।

‘म यस्तो गीत गाउँछु २’का निर्माता तथा निर्देशक सुदर्शन थापाले विज्ञप्ति जारी गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको जनाएका छन् । कोरोना महामारीको तेस्रो लहरका कारण चलचित्र रिलिज गर्ने अवस्था नरहेको भन्दै उनले प्रदर्शन मिति पछि सारिएको उल्लेख गरेका छन् ।

यसअघि २०७६ फागुन ३० गतेलाई यो चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । तर, त्यसबेला कोरोना महामारी शुरु भएसँगै चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो । त्यसपछि निर्माणपक्षले कोरोनाको दोस्रो लहरपछि माघ १९ गतेलाई प्रदर्शन मिति तय गरेको थियो ।

पल शाह, पूजा शर्मा, दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई सांगीतिक प्रेम कथामा निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?