+
+

‘अब आमाको उपचारका लागि सहज हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते २१:०१

५ माघ, सप्तरी । ‘आमा बिरामी हुनुहुन्छ । उपचार गराउन अब सहज हुन्छ’ मधेस प्रदेश सरकारले दिएको रु ३ लाखको चेक बुझेपछि पर्साको वीरगञ्ज महानगरपालिका २२ का मुकेश चौरसियाले भने, आफू काम गरेर परिवार पाल्दै आएको छु । आमाको उपचार गराउन समस्या भइरहेको थियो ।’

मुकेशका दाजु दिलिप चौरसिया मधेस आन्दोलनमा शहीद भएका थिए । मधेस सरकारले आन्दोलनमा शहीद भएका ५९ जना परिवारलाई ३/३ लाखको चेक उपलब्ध गरायो, दिलिपको परिवारको तर्फबाट मुकेशले चेक बुझेका हुन् ।

रकम पाएका मध्ये कतिपयले घर बनाउने त कतिले छोराछोरी पढाउन खर्च गर्ने बतााएका छन् । आन्दोलनकै क्रममा पति गुमाएकी वीरगञ्ज-१६ की बिनिता देवी गुप्ताले बस्ने घर राम्रो नभएकाले यो पैसा घर बनाउन प्रयोग गर्ने बताइन् ।

प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहका अनुसार ८८ जना घाइतेलाई समेत राहत रकम प्रदान गरिएको छ । घाइतेको अवस्था हेरी रु २५ हजारदेखि ३ लाखसम्म बितरण गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले शहीद परिवारलाई क्षमता अनुसारको सहयोग गर्ने बताए । अहिले नाम छुटेकालाई पनि सहयोग गर्ने बताउँदै भने, ‘घाइते भएका, अंगभंग भएकाका लागि गर्न सक्ने काम गरिरहन्छौं ।’

शहीद परिवारको भरणपोषणका निम्ति प्रत्येक महिना रु २१ हजारका दरले उपलब्ध गराउने उनले बताएका छन् । शहीद परिवारलाई एक रोजगारी दिने  घोषणा गरिएपनि कर्मचारीतन्त्रका कारण पूर्णरुपमा दिन सकिएको स्वीकार्दै उनले आउने दिनमा स्थायी रुपमा नै जागिर दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादव र प्रदेश सांसद मनिष सुमनले यो सहयोग शहीद परिवारका लागि अपुरो रहेको बताए । मधेश आन्दोलन भइरहँदा तत्कालिन संयुक्त मधत्रेशी मोर्चाले रु ५० लाख दिने घोषणा गरेको बताउँदै सांसद सुमनले भने, ‘प्रदेशमा प्रत्येक बर्ष करोडौं रकम पि|mज हुन्छ, तर शहीद परिवारका लागि राम्रोसँग सोंच्न सकिएको छैन् । यसतर्फ ध्यान दिनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?